जनकपुरधाम । धनुषाको औरहीमा सडक खनेको विषयलाई लिएर भएको कुटपिटले राजनीतिक रुप लिएको छ।
नेपाली काँग्रेसका कार्यकर्ताहरुले जर्बजस्ती नीजि जग्गामा सड़क निर्माण गरेको विरोध गरेपछि जनता समाजवादीका कार्यकर्ताहरुलाई कुटपिट गरिएको आरोप लगाएका छन् ।
आफूहरुले सडक नकाटेको दावी गर्दै रहमत राईनले जर्बजस्ती आफूहरुलाई कुटपीट गरेको आरोप लगाए। काँग्रेसका कार्यकर्ताहरुले जर्बजस्ती आफूहरुको जग्गामा कृषि सडक बनाएको आरोप लगाउँदै उनले विरोध गर्दा कुटपीट गरेको बताए ।
सडक विवाद मिलाउन स्थानीय स्तरमा पटक पटक भएको पंचायतमा टुंगो नलागेपछि मुद्दा जिल्ला प्रहरी कार्यालयसम्म तानिएको छ।
आइतबार आफ्नो जग्गा खनिरहँदा काँग्रेसका कार्यकर्ताहरुले मरणासन्न हुने गरी कुटपीट गरिएको राइनले बताए। कुटपीटबाट घाइते भएका उनीहरुको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार भइरहेको छ।








