काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपालाई नै जनताको साथ रहेको प्रमाणित भएको छ । प्रधानमन्त्री ओलीको पक्षमा शक्ति प्रदर्शन गर्न नेकपा बागमति प्रदेश कमिटीले आज काठमाडौंको नारायणहिटी दरवार संग्राहलय अगाडि आयोजित जनसभामाको सहभागिताबाटै जनता ओलीकै पक्षमा रहेको स्पष्ट भएको हो । ओली नेतृत्वको नेकपाले आयोजना गरेको जनसभामा उपस्थित सहभागी अहिलेसम्मकै सवैभन्दा बढी हो । नेकपाले आजको सभामा कम्तीमा दुई लाख जनता उतार्ने घोषणा गरेको थियो । घोषणाअुनुसार नै जनता उल्लेख्य मात्रामा सहभागी भएका हुन । आजको सभामा जयनेपालदेखि केशरमहल, जमल घण्टाघरदेखि नारायणहिटी संग्राहलय अगाडि रहेको मञ्चसम्म नै खचाखच रहेको थियो । ओली नेतृत्वको नेकपाले आमसभामा जनता अटने ठाउँ खोज्दै जाँदा दरवारमार्ग रोजेको थियो । अन्य दलले २०–२५ हजार उपस्थित भए भरिने स्थल खोजे पनि ओली पक्षले कम्तीमा दुई लाख जनता सहजै अटन सक्ने गरी स्थान खोजेको थियो । सोही अनुसार जनसभामा अत्यधिक धेरै उपस्थित गराइएको हो । सभामा उपस्थित जनता देखेर प्रधानमन्त्री ओली निकै खुसी भए । उनले उपस्थितिले नै देशको तथ्य बताएको भन्दै अव कोही भ्रममा रहनुपर्ने अवस्था नरहेको बताए । प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी जनसभा अगाडि भाषण गर्दा गर्दै पानी मागे । पछि आँखा पुछे । धेरैले प्रधानमन्त्री रोएको समेत भने । यसको बास्तविकता थाहा नपाएर धेरैलाई कौतुहल लाग्यो, आखिर किन रोए प्रधानमन्त्री? हुन त प्रधानमन्त्री लाई केपी बा आइ लभ यू भन्दै नारा लागेपछि भावुक भएको धेरैले अनुमान गरे । तर उनले बोलेको माइकमा प्रष्टै सुनिएको छ । चिसोले आँखाबाट आँशु नै आयो भनेका छन् । चिसोले आँखाबाट आँशु आएपछि उनले रुमालले आँशु पुछेका थिए । तर धेरैले प्रधानमन्त्री रोएको भने । प्रधनमन्त्रीका प्रेस सल्लाहकार सूय थापाले त प्रधनमन्त्री रोएकै लेखेका छन् । उनको ट्वीटर स्टाटस यस्तो छ, नारायणहिटी संग्रहालय गेट अगाडिको जनसागर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथमा भावुक बन्दै आँसु नै खसाल्नु भयो । जनता साथमा भएपछि कोही दु ष्टहरूको पनि केही चल्दैन । चेतना भया ।
ताजा खबर
झारफुकको नाममा कुटपिट गरेको आरोपमा धामी पक्राउ
१० फागुन, विराटनगर । बिरामी व्यक्तिलाई झारफुकमार्फत निको बनाउने भन्दै धामीझाँक्रीको समूहले निर्घात कुटपिट गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३३ वर्षीय भीमकाजी...
महिला अभियन्तालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग
७ फागुन, काठमाडौं । महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा गत माघ ३० गते काठमाडौंमा भएको महिला मार्चमा सहभागी अभियन्ता तथा स्रष्टाहरूलाई ज्यान मार्ने र बलात्कार...
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
७ फागुन, डोटी । १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा एक शिक्षक पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका—६, विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक...
केन्द्रीय सदस्यलाई प्रचण्ड–माधवको निर्देशन : जुनसुकै बेला निर्णय गर्नुपर्छ, तयार रहनुहोस्
७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
शुक्रबार पार्टी...
कोरोना महामारीमा खटिएका प्रदेश २ का स्वास्थ्यकर्मीले अझै पाएनन् तलब
कोरोना महामारीको समयमा प्रदेश २ का विभिन्न कोभिड अस्पतालमा करारमा खटाइएका कर्मचारीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तलव भत्ता नपाएको गुनासो गरेका छन्...








