कैलालीमा प्रेमिकाको हत्या गरेको आशंकामा पक्राउ परेका कार्यवाहक वडाध्यक्ष विरुद्ध आत्महत्या दुरुत्साहन मुद्दा परेको छ।
जिल्लाको गौरीगंगा नगरपालिका–३ का कार्यवाहक वडाध्यक्ष निरज चौधरीमाथि आत्महत्या दुरुत्साहन मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक प्रतीक बिष्टले जानकारी दिए। उनका प्रेमिका अञ्जिता चौधरीले उनकै घरमा आइतबार विहान झुण्डिएको अवस्थामा मृत फेला परेकी थिइन्।
वडा अध्यक्ष चौधरीलाई हत्यामा संलग्न भएको आशंकामा सोधपुछका लागि प्रहरीले आइतबार नै नियन्त्रणमा लिएको थियो।
मृतकका दाजु रमेश चौधरीका अनुसार अञ्जिता विगत १० वर्षदेखि कार्यवाहक वडाध्यक्षसँग प्रेम सम्बन्धमा रहेकी थिइन्। तर वडा अध्यक्ष चौधरीले अञ्जितालाई झुक्याएर हालै अर्को विवाह गरेको दाबी मृतकका आफन्तजनले गरेका छन्।








