नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य वृद्धि गरेको छ । पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर २-२ रुपैयाँले बढाएको हो । यो दररेट बुधबार राती १२ बजेदेखि लागु हुने नेपाल आयल निगमले जनाएको छ । योसँगै काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य ९५ रुपैयाँ पुगेको छ ।

यसपटक खाना पकाउने एलपी ग्यास पनि महँगिएको छ । एलपी ग्यास प्रतिसिलिन्डर २५ रुपैयाँले महँगिएर प्रति सिलिन्डर १ हजार ४ सय रुपैयाँ पुगेको हो । अन्तराष्ट्रिय बजारमा मूल्य बढेसँगै नेपाली बजारमा पनि मूल्य बढाउनु परेको निगमले जनाएको छ । बढाइएको मूल्यमा बिक्री गर्दा पनि पेट्रोल, डिजेल र एलपी ग्यासमा नोक्सानकै अवस्था रहेको निगमले जनाएको छ ।








