सप्तरीमा गाउँकै एक महिलालाई बलात्कार गरि फरार रहेका अभियुक्त डेढ वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार जबरजस्तीकरणी मुद्दाका फरार प्रतिवादी सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा न.५ कोचाबखारी बस्ने चन्दन भन्ने चन्द्रनारायण सदा पक्राउ परेका हुन् ।
गाउँकै २३ वर्षिय महिलालाई २०७६ भदौं २५ गते राती घरमा कोही नभएको मौका छोपी बलात्कार गरि फरार रहेका सदा गोप्य सूचनाको आधारमा गाउँमै लुकी बसेको अवस्थामा पक्राउ परेकाे जिल्ला प्रहरी कार्यालय सप्तरीका डिएसपि एव प्रबक्ता भुवनेश्वर साहले जानकारी दिनुभयाे ।
उहाका अनुसार यता पक्राउपछि सप्तरी जिल्ला अदालतमा उपस्थित गराइएका सदालाई पूर्पक्षका लागि राजविराज कारागार चलान गरिएको जानकारी दिनुभयाे । यता साे घटनाको सम्बन्धमा थप अावश्यक अनुसन्धान कार्य भइरहेको सप्तरी प्रहरीले जनाएको छ ।








