उदयपुर, ३ पुष । उदयपुर जिल्लाको त्रियुगा नगरपालिकामा १३ वर्षीय छोरीलाई पटक–पटक बलात्कार गरेको अभियोगमा ४० वर्षीय बाबु पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जिल्लाको त्रियुगा नगरपालिका–११ का ४० वर्षीय बाबुलाई केही समययतादेखि पटक–पटक बलात्कार गरेको अभियोगमा पक्राउ गरिएको हो । प्रहरीमा छोरी बलात्कार गरेको निवेदन परेपछि बिहीबार उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धान शुरु गरेको उदयपुर जिल्लाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक भीमप्रसाद दाहालले बताउनुभयो । पिडीत बालिकालाई जिल्ला अस्पतालमा स्वास्थ्य जाँच गराइएको पनि प्रहरीले बताएको छ ।
ताजा खबर
झारफुकको नाममा कुटपिट गरेको आरोपमा धामी पक्राउ
१० फागुन, विराटनगर । बिरामी व्यक्तिलाई झारफुकमार्फत निको बनाउने भन्दै धामीझाँक्रीको समूहले निर्घात कुटपिट गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३३ वर्षीय भीमकाजी...
महिला अभियन्तालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग
७ फागुन, काठमाडौं । महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा गत माघ ३० गते काठमाडौंमा भएको महिला मार्चमा सहभागी अभियन्ता तथा स्रष्टाहरूलाई ज्यान मार्ने र बलात्कार...
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
७ फागुन, डोटी । १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा एक शिक्षक पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका—६, विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक...
केन्द्रीय सदस्यलाई प्रचण्ड–माधवको निर्देशन : जुनसुकै बेला निर्णय गर्नुपर्छ, तयार रहनुहोस्
७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
शुक्रबार पार्टी...
कोरोना महामारीमा खटिएका प्रदेश २ का स्वास्थ्यकर्मीले अझै पाएनन् तलब
कोरोना महामारीको समयमा प्रदेश २ का विभिन्न कोभिड अस्पतालमा करारमा खटाइएका कर्मचारीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तलव भत्ता नपाएको गुनासो गरेका छन्...








