आगामी चैत २ गतेदेखि सप्तरीको बेल्ही चपेनामा १०८ मण्डपसहितको विष्णु महायज्ञ हुने

विश्व शान्ति स्थापनाका लागि सप्तरीको राजगढ गाउँपालिका-४ बेल्ही चपेनामा सीताराम नाम सकिर्तन तथा विष्णु महायज्ञ आयोजना हुने भएको छ । आगामी चैत २ गतेदेखि १२ गतेसम्म नवरात्री १० दिन सम्म आयोजना हुने भएको हो ।

सीताराम नाम सकिर्तन एव विष्णु महायज्ञ समितिले आइतबार सप्तरीको राजविराजमा आयोजना गरेको पत्रकार सम्मेलनमा जगतनन्दन दास पगला बाबाले यस्तो जानकारी दिएका छन् । आयोजित पत्रकार सम्मेलनमा झन्डै १ करोड खर्च हुने अनुमान गरिएको उनले बताए । त्यस्तै महायज्ञ नेपालमै पहिलोपटक सप्तरी जिल्लामा हुन गइरहेको आयोजकले जनाएको छ ।

विश्व शान्ति स्थापना र प्राकृतिक प्रकोपबाट बचाउन, जोगिनको लागि आयोजना हुने सो बिष्णु महायज्ञको तयारी तिव्र रुपमा भइरहेको आयोजक समितिका संयोजक गजेन्द्र मण्डलले जानकारी दिए । स्थानीयबासीहरुको सहयोगमा १०८ मरवासहित भव्य महायज्ञ गर्ने तयारिमा रहेको तथा सो महायज्ञमा १०८ मण्डली आफ्नै गाउँमा जिल्लामा २४३ मण्डली रहने आयोजकले जनाएको छ ।

गाउँबासीहरुले आफुखुशी आर्थिक सहयोग दिन तयार रहेको तथा झण्डै १ करोड मूल्य बराबरको अनुमानित खर्च हुने तथा सो महायज्ञमा २५ सय मण्डली रहने आयोजकले जनाएको छ । सो महायज्ञबाट आएको आम्दानीलाई रामजानकी मन्दिरलाई संरक्षण सम्बद्धन गर्ने लक्ष्य रहेको तथा उक्त महायज्ञमा सबैलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध समेत गरिएको छ ।

उक्त महायज्ञमा करिब ५ सय सम्म युवा स्वयंसेवक समेत परिचालन गर्ने तथा मुल समिति ७५ सदस्यीय रहेको सन्योजक मण्डलले जानकारी दिए । नेपालमै पहिलो पटक ७७ जिल्लामै सप्तरीमा सो बिष्णु महायज्ञ हुन गइरहेको तथा सो महायज्ञलाई सफल पार्नका लागि सबैलाई आ-आफ्नो स्थानबाट सहयोग गर्न अनुरोध जिल्ला समन्वय समिति सप्तरीका सभापति प्रभाकर यादव मनोजले गरेका छन् ।