झापामा पुरुषमाथि करणी, कानुन नहुँदा छुटे आरोपी

४ फागुन, विराटनगर । झापामा पुरुषमाथि अप्राकृतिक करणी भएको छ । कनकाई नगरपालिका–७ बिरीङ खोला किनारमा स्थानीय ३० वर्षीय पुरुषमाथि अप्राकृतिक करणी भएको हो । घटनापछि पीडित पुरुष उपचारका लागि विर्तामोडस्थित विर्तासिटी अस्पताल भर्ना भएका छन् । घटना शनिबारको हो ।

करणीमा संलग्न भएको आरोपमा प्रहरीले कनकाई नगरपालिका ६ निवासी १९ वर्षीय पारस तामाङ र सोही नगरपालिका ७ निवासी २१ वर्षीय विनोद टुडुलाई पक्राउ गरेको थियो । पक्राउ परेका उनीहरुलाई प्रहरीले सामान्य सोधपुछपछि छाडिदियो । अदालतले म्याद थप गर्न नमानेपछि प्रहरीले उनीहरुलाई छाड्नु परेको थियो

जिल्ला प्रहरी कार्यालय, झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राकेश थापाका अनुसार पुरुषमाथि अप्राकृतिक करणी भएको सूचना आएपछि अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय, विर्तामोडबाट टोली गएको थियो । र, अनुसन्धानका लागि दुवैलाई चौकी लगिएको थियो ।

अप्राकृतिक करणीमा १८ वर्ष मुनिका बालकलाई मात्रै कारबाही गर्न मिल्ने कानूनी व्यवस्था मुलुकी अपराध संहितामा छ । यो घटनामा पीडित पुरुष ३० वर्ष पुगेकाले मुद्दा चलेको हो ।