कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीलाई आयो यस्तो सूचना । सबैले हेर्नुहोला ।

काठमाडौँ : सामुदायिक विद्यालयमा कक्षा ११ र १२ मा अध्ययन गर्ने सबै विद्यार्थीले यस पटकबाट निःशुल्क पाठ्यपुस्तक प्राप्त गर्ने भएका छन् ।

सरकारले घोषणा गरेको कार्यक्रमअनुसार विद्यार्थीले २०७८ सालको शैक्षिक सत्रबाट सबै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने भएका हुन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रका निर्देशक घनश्याम अर्यालले दुवै कक्षामा अध्ययन गर्ने विद्यार्र्थीले छवटै विषयको पाठ्यपुस्तक निःशुल्क प्राप्त गर्ने जानकारी दिनुभयो । कक्षा ११ र १२ मा विद्यार्थीले तीनवटा अनिवार्य र तीनवटा ऐच्छिक गरी छवटा विषय अध्ययन गर्छन् ।

केन्द्रका निर्देशक अर्यालले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउन स्थानीय तहमा बजेट पठाइसकिएको जानकारी दिनुभयो ।

अब स्थानीय तहले सामुदायिक विद्यालयमा अध्ययन गर्ने विद्यार्थी सङ्ख्याका आधारमा रकम निकासा गरेपछि विद्यालयले विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउनेछन् ।

सरकारले आगामी आर्थिक वर्षको बजेट वक्तव्यमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीलाई निःशुल्क पाठ्यपुस्तक उपलब्ध गराउने घोषणा गरेको थियो ।

सरकारी पाठ्यपुस्तक प्रकाशन गर्ने जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले अङ्ग्रेजी, नेपाली, सामाजिक अध्ययन तथा जीवनोपयोगी शिक्षा/गणित गरी तीनवटा अनिवार्य विषयको पाठ्यपुस्तक प्रकाशन गर्ने गरेको छ ।

ऐच्छिक विषयको पाठ्यपुस्तक भने पाठ्यक्रम विकास केन्द्रको अनुमति लिएर निजी प्रकाशनहरूले निकाल्ने गरेका छन् । याे खबर गोरखापत्र दैनिकमा छ ।

यो पनि हेर्नुहोस,

राष्ट्रपति विद्यादेवी भण्डारीले अख्तियार दुरुपयाेग अनुसन्धान आयाेग, लाेक सेवा आयाेग, निर्वाचन आयाेगलगायतका संवैधानिक निकायका पदाधिकारी नियुक्त गर्नुभएकाे छ ।

संवैधानिक परिषद्ले गएकाे हप्ता सिफारिस गरेका पदाधिकारीलाई संसदीय सुनुवाइ विना नै नियुक्त गरिएकाे हाे ।

गएकाे वैशाख २६ गते बसेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, लोक सेवा आयोग, निर्वाचन आयाेग, राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग, राष्ट्रिय महिला आयोग, राष्ट्रिय समावेशी आयोग, आदिवासी जनजाति आयोग, मधेशी आयोग, थारु आयाेग र मुस्लिम आयाेगमा २० पदाधिकारी सिफारिस गरेकाे थियाे ।

प्रतिनिधि सभा विघटन भएकाले संसदीय सुनुवाइ विना नै २० पदाधिकारीकाे नियुक्ति भएकाे हाे ।