अक्सर अरुको दुखमा साथ दिने मान्छे आफुलाइ दुख पर्दा प्राय एक्लै हुन्छ

१) एउटा स्त्रीले हेरविचार र भावना बाट प्रेमको महशुस गर्छिन भने एउटा एउटा पुरुषले स्वकृति र स्पर्शबाट प्रेमको महशुस गर्छ र यहि भिन्नतालाई नबुझ्नाले आजभोलिको प्रेम सुरु हुनुभन्दा पहिलेनै सकिन्छ ।

२) राम्रो देखिने मान्छे सधै समझदार हुन्छन भन्ने छैन तर समझदार मान्छेहरु सबै राम्रो हुने गर्छन ।

३) जब नङ बढ्छ तब नङ काटिन्छ औला होइन, त्यसैगरी सब सम्बन्धमा शंका बढ्छ तब शंका काटिनु पर्छ सम्बन्ध होइन ।

४) खुशी छु जिन्दगी देखि, र त रुवाउने हिम्मत कसैले गर्दैनन । मुस्कान झुठो होइन तस्वीरको दुनियाँले जेसुकै सोचे पनि ।

५) पीडा बिना को जिन्दगी जिउनुमा त्यति मज्जा आउदैन आजभोलि सायद पीडा संग आफ्नोपन भएर होला ।

६) कुनै पनि मान्छे तपाईको शत्रु या मित्र बनेर आउदैन, यो त तपाईको ब्यबहार र बोलीले तय गर्ने गर्छ कि को तपाईको मित्र बन्ने छ र को तपाईको शत्रु बन्ने छ ।

७) प्रेम मनको एउटा मिठो आभास हो, तर मान्छे हरु स्वार्थी भएर यौवनको प्यास सम्झिन्छन ।

८) ठुलो मान्छे त्यो होइन जसले ४ जना नोकर राख्न सक्छ, ठुलो मान्छे त त्यो हो जसले ४ जना नोकरको काम आफु एक्लै गर्न सक्छ ।

९) अक्सर अरुको दुखमा साथ दिने मान्छे आफुलाइ दुख पर्दा प्राय एक्लै हुन्छ ।

१०) यदि तपाई सहि हुनुन्छ भने कुनै पनि कुरालाई प्रमाणित गर्ने कोशिस नगर्नुस किनकि समय आएपछि समय आफैले हरेक चिजको प्रमाण दिने गर्छ ।

११) खुशी छु जिन्दगी देखि, र त रुवाउने हिम्मत कसैले गर्दैनन । मुस्कान झुठो होइन तस्वीरको दुनियाँले जेसुकै सोचे पनि ।

१२) जीवनको सत्य बुझ्न धेरै गाह्रो छैन, बस जुन तराजुमा अरुलाई तौलिने गर्नुहुन्छ त्यहि तराजुले कहिले काही आफैलाई तौलेर हेर्नु ।

१३) हामी आज जे छौ त्यो आजसम्म हामीले जे सोचेका थियौ त्यसैको परिणाम हो ।

१४) मान्छेलाई असफलता बाट सफलताको शिखर सम्म पुर्याइदिने एक मात्र शक्ति छ र त्यो हो तपाई भित्रको आत्मविश्वास ।

१५) हौसला हुनुपर्छ जिन्दगीमा किनकि जिन्दगीमा कुनैबेला पनि फाल्न फुल्न सुरु हुनसक्छ ।

सकारात्मक दृष्टिकोणको विकास कसरि गर्ने : सकारात्मक दृष्टिकोणले मानिसको जीवनमा खुशीयाली ल्याउँछ । यसले व्यक्ति स्वयंलाई मात्र नभई त्यो व्यक्ति रहने वातावरणमा पनि सकारात्मकता छाउँछ ।

सकारात्मक दृष्टिकोणको विकास कसरि गर्ने ?
१. मुस्कुराउन सिक्नुहोस्। मुस्कानले तपाईंको व्यक्तित्वमा निखार ल्याउनुको साथै वातावरणमा उर्जा थप्छ।

२. अरुले गरेको काम र अरुका विचारलाई सकारात्मक तरिकाले लिने बानी बसाल्नुहोस् । ३. अरुलाई प्रोत्साहन गर्नुहोस् ।

४. ‘धन्यवाद’ भन्ने र आफ्नो काम तथा बोलीले अरुलाई असर परेमा माफी माग्ने बानी बनाउनुहोस् । ५. सकारात्मक आत्मसम्मान निर्माण गर्नुहोस् ।

६. आफ्नो कामलाई सक्नैपर्ने बाध्यता भन्दा पनि अभिरुचिको रुपमा विकास गर्नुहोस्। ७. सिर्जनशील बन्नुहोस् । ८. कामलाई तुरुन्त गर्ने बानी बसाल्नुहोस् ।

९. सधै केही नयाँ कुरा सिक्न लालायित बन्नुहोस् । १०. असल कामबाटै दिनको सुरुवात गर्ने प्रयास गर्नुहोस् । ११. नकारात्मक प्रभावबाट बच्नुहोस् ।