प्रदेश २ मा आगोमा जलेर दुई बालबालिकाको ज्यान गयो

रौतहटमा आगलागीमा परेर दुई बालबालिकोको ज्यान गएको छ ।

फतुवा विजयपुर नगरपालिका १ बरगनियाका खेदु यादवका ३ वर्षीय छोरी आराध्या यादव र सन्दीप साहका ५ वर्षीया छोरा रोहित साहको आगोमा जलेर मृत्यु भएको हो ।

मंगलबार दिउँसो स्थानीय मद यादवको घरबामा अचानक लागेको आगलागीमा परेर बालिका आराध्याको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै बालक रोहितको उपचारको क्रममा आज (बुधबार) बिहान टिचिङ्ग अस्पताल काठमाडौमा मृत्यु भएको इलाका प्रहरी कार्यालय विजयरका प्रहरी निरीक्षक वष्ण् विश्वकर्माले जानकारी दिए ।

मदन यादवको खरको छानो भएको घरमा लागेको आगोबाट नजिकै खेतबाट काटेर दौनीको लागि राखिएको रामविश्वास यादवको धानमा आलागी भएको थियो ।

सोहि क्रममा खेलिरहेका बालक जलेर गम्भीर घाइते भएका थिए ।

मदन यादवको घरको सम्पूर्ण धनमाल लत्ताकपडा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।