रौतहटको मौलापुरमा आयोजना गरिएको मधानी महोत्सव कार्यक्रममा बोलाइएका टिकटोकरहरुलाई स्टेजबाट धक्का दिएर भगाइएको छ ।
मौलापुरमा शिवरात्रीको दिन आयोजना गरिएको लौण्डालौण्डी नाचमा बोलाइएको टिकटकरहरुलाई बोलाएर बेइज्जत गरेको हो । आयोजकले उनीहरुलाई बोलाएर स्टेजबाट धक्का दिएर भगाएको हो ।
रौतहट जिल्लाको मौलापुर नगरपालिकाले सरकारी ढुकुटी खर्च गरी बिहारबाट बोलाएको लौण्डा नाच सहित तराई मधेशका कलाकारहरुलाई समेत बोलाएको थियो । तर, बिहारी लौण्डा नाचलाई मात्र केन्द्रीत री लोकल टिकटकहरुलाई स्टेजबाट धक्का दिएर भगाएको दुःखेसो टिकटोकरहरुले पोखेका छन् ।
सो लौण्डा नाच कार्यक्रममा टिकटकका लौण्डाहरुलाई बोलाएर स्टेजबाट धक्का दिएर बेईज्जत गर्दै भगाइएको छ । उनीहरुको फोटोमा कलाकार लेख्दै पोष्टर सार्वजनिक गरिएको थियो ।
मौलापुर नगरपालिकाको आयोजना तथा एसराज प्रोडक्सनको समन्वयमा टिकटकमा नाच्ने लौण्डा लौण्डीहरु सरोज मण्डल, पिके सिँह, बिटु दास, लिमिट गोपी, प्रिति पासवान, जेनिशा क्वीन लगायतका टिकटकरहरुलाई धक्का दिएर भगाएको हो ।
टिकटकमा नाच्ने लौण्डा लौण्डीहरुलाई मधानी महोत्सवको पोष्टरमा कलाकार भन्दै उल्लेख गरी सार्वजनिक गरिएको थियो, तर बिहारी लौण्डा नाचमै सिमित भएपछि अन्य कलाकारहरुलाई समेत बेइज्जत गरेको थियो ।