चोरीको आरोपमा निर्घात कुटपिट

विराटनगर । विराटनगर महानगरपालिका – १४ मा एक युवकमाथि साइकल चोरी गरेको आरोपमा निर्घात कुटपिट भएको छ ।

जतुवाका स्थानीय ओमकार यादवलाई छिमेकीसमेत रहेका सियाराम यादवका दुई छोरा सुभव, युवराज र श्रीमतीले निर्घात कुटपिट गरेका हुन् ।

मंगलबार दिउँसो पसलमा आएको बेला आफूमाथि निर्घात कुटपिट भएको ओमकारले बताएका छन् । ‘म काम गर्न पाल्पा गएको थिए । उताबाट आएको केही दिन मात्रै भयो ।’ उनले भने ‘ उहाँहरुको साइकल २–३ महिना अघि हराएको थियो । मलाई लगिस भन्दै कुटपिट गरे ।’ कुटपिटबाट शरिर नचल्ने भएको उनले बताए ।

यता सियाराम यादवले भने साइकल चोरी गरेका कारण सम्झाएको बताए । ‘साइकल चोरी गरेर बचेछन् । यीनीहरुको एउटा समूह नै छ ।’ उनले भने ‘साइकल फिर्ता नल्याएका कारण कुटपिट भए छ ।’

चाेरीकाे आराेप लागे कारवाही गर्ने निकाय प्रहरी हुँदा हुँदै व्यक्तिमाथि निर्घात कुटपिट भएकाे स्थानीयले बताएका छन् ।