तिमी बिना बाँच्दिन भन्दै दवाव दिएर विवाह गरे, भोलीपल्टै श्रीमतीका गहना र पैसा लिएर श्रीमान् भागे

एजेन्सी। फेसबुकबाट साथी बने। मित्रता बढ्दै प्रेममा परिणत भयो त्यस पछि उनीहरुले विवाह गरे।

युवकले म तिमीलाई पाउन सकिन भने यो संसार छोड्छु भनेर माया देखाइरहे। केटाको मायामा युवतीले विश्वास गरिन्। विवाह समेत भयो।

अघिल्लो दिन सम्म तिमीलाई पाइन भने म यो संसारमा हुने छैन भनेका प्रेमीले श्रीमती बनाएर सबै लुटेर हराए। विवाह पछि घरमा राखिएको गहना, पैसा र सबै सम्पत्ती लिएर बेहुला हराएपछि अहिले वेहुली प्रहरी कार्यालय पुगेकी छन्। यो भारतमा भएको घटना हो। भारत युपीको फत्तेहपुर प्रहरी कार्यालयमा दर्ता भएको यस्तो उजुरीले प्रहरी हैरान भएको छ।

उजुरी दिएपछि ति महिला प्रहरीको साथमा श्रीमान् अभिषेक आर्यको घरमा पुगिन्। घरमा ताला लगाएको थियो। दिपाली भन्छिन् कि अभिषेक आर्यले फेसबुकबाट मित्रता राखे। केही दिन पछि अभिषेकले विवाहको लागि दबाब दिन थाले।

महिला भन्छिन् कि अभिषेकले आफ्नो घाँ’टीमा ब्ले’ड लगाएर विवाहका लागि दवाव दिए। उसले भन्यो कि यदि तिमीलाई पाउन सकिन भने म संसार छोड्छु। यद्यपि दिपालीले बेवास्ता गरे पछि अभिषेक दिल्लीबाट सीधा उडानमा कोलकाता गए।

कोलकाता पुगेपछि अभिषेकले दीपालीलाई उनलाई विवाह गर्न राजी गराए। त्यस पछि उनीहरू दुवैले विवाह गरे र तिनीहरू होटलमा बसे।

महिला भन्छिन् कि अभिषेकका बुबा राजू आर्य बैंक अफ बडोदामा काम गर्छन्। तर अहिले श्रीमान् का बुवा पनि सम्पर्कमा छैनन्। बैंकको लकरमा राखिएको पैसा र नगद पनि गायब छन्।