ललितपुरमा आठ रोपनी खोलाको जग्गा व्यक्तिको नाममा दर्ता, सप्तरी बोदे बरसाईन को बालेश्वर यादव लगायत सात कर्मचारीसहित १७ जना विरुद्ध मुद्दा दायर भएको छ। उक्त कार्य को डिजाइनर सप्तरी जिल्ला बोदे बरसाईन नगरपालिका जनमत पार्टी को संयोजक आलोक यादव को बुवा तत्कालीन नापी अधिकृत बालेश्वर यादव माथि भ्रष्टाचार को मुद्दा दायर गरेको छ। उक्त कार्य बापत करोडौं हिनामिना गरेर सरकारी जग्गा ब्यक्ति को नाम दिएर अकुत सम्पत्ति जोडेर काठमाडौं स्थित घर समेत जोडन सफल भएको छ, उहाँ संगै रहेको विभिन्न कर्मचारीले करोडौं हिनामिना गरि अकुत सम्पति जोड्न सफल पश्चात अख्तियार को ध्यान केन्द्रित भएको छ। ललितपुरमा खोलामा पर्ने आठ रोपनी १२ आना जग्गा नक्सा तोडमोड गरी व्यक्तिको नाममा दर्ता गरिएको काठमाडौं अस्पताल, युरो हाउजिङ र मालपोतका कर्मचारीविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल ललितपुर महानगरपालिकाको वडा नम्बर २८ र २३ मा रहेको तत्कालीन हरिसिद्धि गाविस– १ तथा धापाखेल– १ मा पर्ने जग्गा हिनामिना भएको हो। आयोगले सात कर्मचारीविरुद्ध मुद्दा दायर गरेको छ । नापी कार्यालय ललितपुरका तत्कालीन प्रमुख बुद्धिमान जैसी, नापी अधिकृत बालेश्वर यादव, सर्भेक्षक केशव थापामगर, मालपोत कार्यालय ललितपुरका तत्कालीन प्रमुख उपसचिव बाबुराम खनाल, नासु ख्यामनारायण पौडेल, दिनेश न्यौपाने र खरिदार आत्माराम लुइँटेलको संलग्नता रहेको आयोगले जनाएको छ । युरो हाउजिङ डेभलपर्सका कम्पनीका सञ्चालकहरूले जग्गा हिनामिनाको योजना बनाएका थिए । सो कम्पनीका सञ्चालकहरू गुणीकाजी मानन्धर, योगेश्वरकृष्ण पराजुली, कृष्णराज श्रेष्ठ, टंकबहादुर श्रेष्ठ, गोपालदास मानन्धर, बबिन मानन्धर र उज्ज्वल मानन्धरविरुद्ध मुद्दा दायर भएको छ । त्यस्तै, काठमाडौं अस्पताल प्रालिका सञ्चालकहरू डा. ईश्वरलाल आचार्य, डा. दुर्गामान जोसी र दुर्गेशनन्दिनी भट्टचनविरुद्ध समेत मुद्दा दायर भएको छ । सबैलाई दुई करोड दुई लाख ३३ हजार ६ सय ७१ रुपैयाँ ८८ पैसा बिगो दाबी गरी मुद्दा दायर भएको छ। उनीहरूले सो जग्गा प्लटिङ गरी विभिन्न व्यक्तिलाई बिक्री गरेका थिए । जग्गा किन्ने ३३ जनाविरुद्ध भने जग्गा जफत गर्ने प्रयोजनका लागि मात्र मुद्दा दायर भएको छ । साथै हिनामिना कार्य को डिजाइनर समेत रहेको बालेश्वर यादवलाई उहाँ को मोबाइल नम्बर 9801502968 मा सम्पर्क गर्दा दिनभरि सम्पर्क बिच्छेद रहेको छ। स्रोत- स्रोत- अख्तियार दुरुपयोग अनुसन्धान आयोग नेपाल
ताजा खबर
झारफुकको नाममा कुटपिट गरेको आरोपमा धामी पक्राउ
१० फागुन, विराटनगर । बिरामी व्यक्तिलाई झारफुकमार्फत निको बनाउने भन्दै धामीझाँक्रीको समूहले निर्घात कुटपिट गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३३ वर्षीय भीमकाजी...
महिला अभियन्तालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग
७ फागुन, काठमाडौं । महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा गत माघ ३० गते काठमाडौंमा भएको महिला मार्चमा सहभागी अभियन्ता तथा स्रष्टाहरूलाई ज्यान मार्ने र बलात्कार...
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
७ फागुन, डोटी । १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा एक शिक्षक पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका—६, विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक...
केन्द्रीय सदस्यलाई प्रचण्ड–माधवको निर्देशन : जुनसुकै बेला निर्णय गर्नुपर्छ, तयार रहनुहोस्
७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
शुक्रबार पार्टी...
कोरोना महामारीमा खटिएका प्रदेश २ का स्वास्थ्यकर्मीले अझै पाएनन् तलब
कोरोना महामारीको समयमा प्रदेश २ का विभिन्न कोभिड अस्पतालमा करारमा खटाइएका कर्मचारीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तलव भत्ता नपाएको गुनासो गरेका छन्...








