धनुषाबाट जन्ती जाँदै गरेको मोटरसाइकल मिर्चैयामा बसमा ठोक्किँदा दुई युवकको मृत्यु

सिरहा, माघ १० गते ।

धनुषाको सबैलाबाट जन्ती जाँदै गरेको मोटरसाइकल सिरहाको मिर्चैयामा बसमा ठोक्किँदा मोटरसाइकलमा सवार दुबै युवकको ज्यान गएको छ ।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत सिरहाको प्रयागपुर सडकखण्डमा शुक्रबार राति मोटरसाइकल र बस ठोक्किँदा दुईजनाको मृत्यु भएको हो ।

इलाका प्रहरी कार्यालय मिर्चैयाका अनुसार मोटरसाइकल र यात्रुबाहक बस ठोक्किँदा मोटरसाइकलमा सवार धनुषाको सबैला नगरपालिका–१३ का सचिन महतो र सुशिल महतोको मृत्यु भएको हो ।

धनुषाबाट पूर्वतर्फ ज ८ प ६४८४ नम्बरको मोटरसाइकलमा जन्ती गइरहेको बेला विपरीत दिशाबाट आइरहेको ना ५ ख ५२५४ नम्बरको यात्रुबाहक बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ठक्कर दिने बसलाई धनुषाको ढल्केबरबाट नियन्त्रणमा लिइएको छ ।