काठमाडौं: दिदीबहिनीलाई बलात्कार गरेको अभियोगमा एक प्रहरी जवान पक्राउ परेका छन्। जिल्ला ट्राफिक कार्यालय लुम्बिनीमा कार्यरत प्रहरी जवान विशाल शर्मा बलत्कारको आरोपमा पक्राउ परेका हुन।
पीडितले उजरी दर्ता गरेपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले शर्मासँगै सोही घटनामा संलग्न गुरुचरण चौधरीलाई पनि पक्राउ गरेको छ।
कार्तिक २३ गते रुपन्देहीको कञ्चन गाउँपालिका–५ मा राति साढे ८ बजे हिँडिरहेका दुई महिलामध्ये एक जनालाई उनीहरुले सामुहिक बलात्कार गरेको पीडितले बताएका छन्।
सुरुमा उनीहरुले बहिनीलाइ नग्न बनाएर मोबाइलमा फोटो खिचेको र त्यसपछि दिदीलाई बलात्कार गरेको प्रहरीले बताएका छन्।
कसैलाई घटनाको बारेमा जानकारी दिए फोटो सार्वजनिक गर्ने धम्की दिएको अनुसन्धानका क्रममा खुलेको छ। धम्कीकै कारण लामो समयसम्म बलात्कारको घटना लुकेको थियो।








