मोटरसाइकलमा घर पुर्‍याइदिन्छु भन्दै एकान्तमा लगेर बलात्कार र लुटपाट

काठमाडौं : घर पुर्‍याइदिने भनी मोटरसाइकलमा राखेर एकान्तमा लगि बलात्कार र गहना लुटपाट गर्ने व्यक्ति पक्राउ परेका छन्।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक जुगल गाउँपालिका–४ का २४ वर्षीय रोहन नेपाली रहेका छन्।

उनले गत असोज १५ गते मोटरसाइकलमा राखेर एकान्तस्थानमा लगेर जवर्जस्ती करणी र गहना लुटपाट गरेको प्रहरीले जनाएको छ।

घटना पश्चात फरार नेपालीलाई काठमाडौंको कलंकीबाट पक्राउ गरी आवश्यक कारवाहीको लागी जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको जनाएको छ।