दक्षिण कोरियाली स्मार्टफोन कम्पनी सामसुङले प्रयोगकर्ताहरुलाई स्मार्टफोन भाडामा उपलब्ध गराउने कार्यक्रम सुरु गरेको छ । युरोपेली मुलुक जर्मनीले सामसुङले स्मार्टफोन भाडामा दिने कार्यक्रमको घोषणा गरेको हो । त्यहाँको ग्रोभर कम्पनीसँगको सहकार्यमा सामसुङले उक्त कार्यक्रम सुरु गरेको बताइएको छ । सो कार्यक्रम अन्तर्गत प्रयोगकर्ताले १, ३, ६ तथा १२ महिनाका लागि सामसुङ डिभाइस भाडामा लिन पाउनेछन् । रिपोर्ट अनुसार रेन्टल सर्भिसको उक्त सुविधा प्राप्त गर्न चाहने प्रयोगकर्ताहरुले सामसुङको अफिसियल स्टोरबाट ग्यालेक्सी एस २० मोडेल छनोट गर्न सक्नेछन् । त्यसपछि ग्राहकलाई ग्रोभर कम्पनीमा पठाइन्छ र उल्लेखित फोन तोकिएको अवधिका लागि भाडामा लिने कुराको निर्णय लिन सक्दछन् । अनि ग्रोभरले नै ग्राहकलाई मोबाइल फोन भाडामा उपलब्ध गराउनेछ । उक्त स्किम अन्तर्गत १२८ गिगाबाइटको ग्यालेक्सी एस२० E फोन भाडामा लिनका लागि कूल भाडा अवधि हेरी मासिक ५९.९०/४९.९०/३९.९० र २९.९० युरो तिर्नुपर्नेछ । कूल भाडा अवधि जति धेरै भयो मासिक शुल्क पनि कम पर्नेछ । त्यस्तै ग्यालेक्सी एस २० को मासिक भाडादर अधिकतम ९९.९० तथा न्यूनतम ४९.९० युरो रहेको छ भने ग्यालेक्सी एस २० प्लसको भाडादर मासिक अधिकतम १०९.७४ र न्यूनतमक ५४.९० युरो रहेको छ । त्यस्तै ग्यालेक्सी एस २० अल्ट्रा स्मार्टफोन भने एक महिनाको लागि भाडामा लिन ११९.९० युरो रकम तिर्नुपर्नेछ । त्यस्तै ३, ६ र १२ महिनाका लागि भाडामा लिन क्रमशः ९९.९०, ७९.९० तथा ६९.९० युरो रकम तिर्नुपर्नेछ। हालका लागि सामसुङले स्मार्टफोन भाडामा दिने सेवा जर्मनीमा मात्र लागू गरेको छ र विश्वका अन्य बजारमा उक्त सेवा कहिलेदेखि सुरु हुने भन्ने चाहिँ खुलाएको छैन ।
ताजा खबर
झारफुकको नाममा कुटपिट गरेको आरोपमा धामी पक्राउ
१० फागुन, विराटनगर । बिरामी व्यक्तिलाई झारफुकमार्फत निको बनाउने भन्दै धामीझाँक्रीको समूहले निर्घात कुटपिट गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३३ वर्षीय भीमकाजी...
महिला अभियन्तालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग
७ फागुन, काठमाडौं । महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा गत माघ ३० गते काठमाडौंमा भएको महिला मार्चमा सहभागी अभियन्ता तथा स्रष्टाहरूलाई ज्यान मार्ने र बलात्कार...
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
७ फागुन, डोटी । १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा एक शिक्षक पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका—६, विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक...
केन्द्रीय सदस्यलाई प्रचण्ड–माधवको निर्देशन : जुनसुकै बेला निर्णय गर्नुपर्छ, तयार रहनुहोस्
७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
शुक्रबार पार्टी...
कोरोना महामारीमा खटिएका प्रदेश २ का स्वास्थ्यकर्मीले अझै पाएनन् तलब
कोरोना महामारीको समयमा प्रदेश २ का विभिन्न कोभिड अस्पतालमा करारमा खटाइएका कर्मचारीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तलव भत्ता नपाएको गुनासो गरेका छन्...








