बोल्दा बोल्दै किन रोए प्रधानमन्त्री?

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपालाई नै जनताको साथ रहेको प्रमाणित भएको छ । प्रधानमन्त्री ओलीको पक्षमा शक्ति प्रदर्शन गर्न नेकपा बागमति प्रदेश कमिटीले आज काठमाडौंको नारायणहिटी दरवार संग्राहलय अगाडि आयोजित जनसभामाको सहभागिताबाटै जनता ओलीकै पक्षमा रहेको स्पष्ट भएको हो ।     ओली नेतृत्वको नेकपाले आयोजना गरेको जनसभामा उपस्थित सहभागी अहिलेसम्मकै सवैभन्दा बढी हो । नेकपाले आजको सभामा कम्तीमा दुई लाख जनता उतार्ने घोषणा गरेको थियो । घोषणाअुनुसार नै जनता उल्लेख्य मात्रामा सहभागी भएका हुन । आजको सभामा जयनेपालदेखि केशरमहल, जमल घण्टाघरदेखि नारायणहिटी संग्राहलय अगाडि रहेको मञ्चसम्म नै खचाखच रहेको थियो ।     ओली नेतृत्वको नेकपाले आमसभामा जनता अटने ठाउँ खोज्दै जाँदा दरवारमार्ग रोजेको थियो । अन्य दलले २०–२५ हजार उपस्थित भए भरिने स्थल खोजे पनि ओली पक्षले कम्तीमा दुई लाख जनता सहजै अटन सक्ने गरी स्थान खोजेको थियो । सोही अनुसार जनसभामा अत्यधिक धेरै उपस्थित गराइएको हो । सभामा उपस्थित जनता देखेर प्रधानमन्त्री ओली निकै खुसी भए । उनले उपस्थितिले नै देशको तथ्य बताएको भन्दै अव कोही भ्रममा रहनुपर्ने अवस्था नरहेको बताए ।   प्रधानमन्त्री केपी शर्मा ओलीले नारायणहिटी जनसभा अगाडि भाषण गर्दा गर्दै पानी मागे । पछि आँखा पुछे । धेरैले प्रधानमन्त्री रोएको समेत भने । यसको बास्तविकता थाहा नपाएर धेरैलाई कौतुहल लाग्यो, आखिर किन रोए प्रधानमन्त्री?   हुन त प्रधानमन्त्री लाई केपी बा आइ लभ यू भन्दै नारा लागेपछि भावुक भएको धेरैले अनुमान गरे । तर उनले बोलेको माइकमा प्रष्टै सुनिएको छ । चिसोले आँखाबाट आँशु नै आयो भनेका छन् ।   चिसोले आँखाबाट आँशु आएपछि उनले रुमालले आँशु पुछेका थिए । तर धेरैले प्रधानमन्त्री रोएको भने । प्रधनमन्त्रीका प्रेस सल्लाहकार सूय थापाले त प्रधनमन्त्री रोएकै लेखेका छन् ।   उनको ट्वीटर स्टाटस यस्तो छ, नारायणहिटी संग्रहालय गेट अगाडिको जनसागर । प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको साथमा भावुक बन्दै आँसु नै खसाल्नु भयो । जनता साथमा भएपछि कोही दु ष्टहरूको पनि केही चल्दैन । चेतना भया ।