चिनियाँ यानले चन्द्रमाको सतहबाट दुईदेखि ४ किलोसम्मको नमूना लिएर फर्किएको छ। ग्लोबल टाइम्सका अनुसार चाङ ई-५ नामक यानले चन्द्रमाको सतहबाट दुईदेखि चार किलोसम्मको ढुंगा-माटोको नमूना लिएर फर्किएको हो। उक्त यान उत्तर चीनको सिजिवाङ ब्यानर भन्ने ठाउँमा अवतरण गरेको हो। यान स्थानीय समय अनुसार बिहीबार बिहान २ बजे अवतरण भएको हो। चीनको राष्ट्रिय अन्तरिक्ष प्रशासनले यानको सुरक्षित अवतरणसँगै चन्द्रमाबाट पहिलोपटक नमूना ल्याउने लक्ष्य पूरा भएको बतायो। प्रशासनले ग्लोबल टाइम्सलाई दिएको जानकारी अनुसार यानको क्याप्सुललाई हवाई माध्यमबाट बेइजिङ लगिनेछ। जहाँ चन्द्रमाबाट ल्याएका नमूना भएको कन्टेनर खोलिनेछ। यान पृथ्वीमा फर्किंदा जमिनभन्दा १० किलोमिटर माथिबाटै प्यारासुट खुलेको थियो। योसँगै चन्द्रमाबाट पृथ्वीमा नमूना ल्याउने चीन तेस्रो राष्ट्र बनेको छ। यसअघि अमेरिका र सोभियत युनियनले पनि चन्द्रमाबाट नमूना ल्याइसकेका छन्। चाङ ई-५ गत नोभेम्बरको अन्तिममा प्रक्षेपण गरेको थियो।
ताजा खबर
झारफुकको नाममा कुटपिट गरेको आरोपमा धामी पक्राउ
१० फागुन, विराटनगर । बिरामी व्यक्तिलाई झारफुकमार्फत निको बनाउने भन्दै धामीझाँक्रीको समूहले निर्घात कुटपिट गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३३ वर्षीय भीमकाजी...
महिला अभियन्तालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग
७ फागुन, काठमाडौं । महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा गत माघ ३० गते काठमाडौंमा भएको महिला मार्चमा सहभागी अभियन्ता तथा स्रष्टाहरूलाई ज्यान मार्ने र बलात्कार...
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
७ फागुन, डोटी । १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा एक शिक्षक पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका—६, विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक...
केन्द्रीय सदस्यलाई प्रचण्ड–माधवको निर्देशन : जुनसुकै बेला निर्णय गर्नुपर्छ, तयार रहनुहोस्
७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
शुक्रबार पार्टी...
कोरोना महामारीमा खटिएका प्रदेश २ का स्वास्थ्यकर्मीले अझै पाएनन् तलब
कोरोना महामारीको समयमा प्रदेश २ का विभिन्न कोभिड अस्पतालमा करारमा खटाइएका कर्मचारीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तलव भत्ता नपाएको गुनासो गरेका छन्...








