सप्तरीमा विद्युत सर्ट भएर आगलागी, वृद्धको मृत्यु

३ पुस, सप्तरी । सप्तरीमा विद्युत सर्ट भएर गोठमा आगलागी हुँदा एकजना वृद्धको मृत्यु भएको छ ।   सदरमुकाम राजविराज-१६ बोरिया निवासी ८५ वर्षीय झलाही यादवको आगोमा जलेर मृत्यु भएको प्रहरीले जनाएको छ । उनी गोठमा सुतिरहेको बखत एक्कासी विद्युत सर्ट भएर आगलागी भएको सप्तरीका प्रहरी प्रबक्ता भुवनेश्वर साहले जानकारी दिए ।    बिहान ४ बजेतिर भएको आगलागीमा उनको घट्नास्थलमै मृत्यु भएको साहले बताए । मृतकको शवलाई पोष्टमार्टमका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको छ ।     आगलागीबाट १ लाख रुपैयाँ बराबरको धनमाल समेत जलेर नष्ट भएको छ । आगोलाई स्थानीयबासी, प्रहरी र दमकलले नियन्त्रणमा लिएको थियो ।