सोसल मिडिया कम्पनी फेसबुकले युरोपमा आफ्नो मेसेन्जर तथा इन्स्टाग्राम एपका विभिन्न फिचरहरु निस्क्रिय बनाउँदैछ । युरोपेली मुलुकहरुको गोपनीयता कानुनसँग तादम्यता मिलाउने गरी फेसबुकले मेसेन्जर र इन्स्टाग्रामका कतिपय फिचर युरोपेली प्रयोगकर्ताका लागि उपलब्ध नगराउने भएको हो । युरोपेली युनियनको विद्युतीय गोपनीयता सम्बन्धी नयाँ कानून eprivacy निर्देशिका आगामी डिसेम्बर २१ देखि लागू हुने भएको हुँदा फेसबुकले यस्तो निर्णय गरेको हो । नयाँ कानूनको परिपालनाका लागि तत्काललाई मेसेन्जर र इन्स्टाग्रामका विभिन्न अन्तरक्रियात्मक फिचरहरु निस्क्रिय बनाएर केवल मुख्य मेसेजिङ सर्भिस मात्र कायम राखिनेछ । कानुनसँग तादम्यता मिल्ने गरी प्राविधिक सुधारपछि मात्रै ती फिचरहरुलाई पुनर्स्थापित गरिने बताइएको छ । युरोपेली मुलुकहरुमा फेसबुकले निस्क्रिय बनाउने मेसेन्जरका फिचरहरुमध्ये ग्रुप च्याट पुल्स पनि एक हो । साथै मेसेन्जरमा साथीहरुका लागि निकनेम राख्न पाउने फिचर पनि निस्क्रिय बनाइनेछ । त्यस्तै इन्स्टाग्राममा रहेको डाइरेक्ट मेसेजद्वारा अग्मेन्टेड रियालिटी फेस फिल्टर शेयर गर्न सकिने फिचर पनि निस्तेज हुनेछ । यद्यपि फेसबुकले ठ्याक्कै कुन कुन फिचरहरु निस्क्रिय हुनेछन् भन्ने सूची सार्वजनिक गरेको छैन । नियमसँग नबाझिने कुरामा विश्वस्त भएमा ती फिचरहरु तत्कालै सूचारु गरिने हुँदा त्यस्तो सूची नबनाइएको फेसबुकको भनाइ छ । एजेन्सी
ताजा खबर
झारफुकको नाममा कुटपिट गरेको आरोपमा धामी पक्राउ
१० फागुन, विराटनगर । बिरामी व्यक्तिलाई झारफुकमार्फत निको बनाउने भन्दै धामीझाँक्रीको समूहले निर्घात कुटपिट गरेको छ । मोरङको कानेपोखरी गाउँपालिका–७ का ३३ वर्षीय भीमकाजी...
महिला अभियन्तालाई ज्यान मार्ने धम्की दिनेलाई कारबाही गर्न माग
७ फागुन, काठमाडौं । महिला हिंसा एवं प्रतिगमनको विरुद्धमा गत माघ ३० गते काठमाडौंमा भएको महिला मार्चमा सहभागी अभियन्ता तथा स्रष्टाहरूलाई ज्यान मार्ने र बलात्कार...
विद्यार्थीमाथि यौन दुर्व्यवहार गरेको आरोपमा शिक्षक पक्राउ
७ फागुन, डोटी । १४ वर्षीया बालिकामाथि यौन दुर्व्यवहार गरेको आरोपमा कञ्चनपुरमा एक शिक्षक पक्राउ परेका छन् ।
बेलौरी नगरपालिका—६, विद्यानगरस्थित महाकाली माध्यमिक विद्यालयका शिक्षक...
केन्द्रीय सदस्यलाई प्रचण्ड–माधवको निर्देशन : जुनसुकै बेला निर्णय गर्नुपर्छ, तयार रहनुहोस्
७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।
शुक्रबार पार्टी...
कोरोना महामारीमा खटिएका प्रदेश २ का स्वास्थ्यकर्मीले अझै पाएनन् तलब
कोरोना महामारीको समयमा प्रदेश २ का विभिन्न कोभिड अस्पतालमा करारमा खटाइएका कर्मचारीहरुले चालु आर्थिक वर्षको पहिलो चौमासिक अवधिको तलव भत्ता नपाएको गुनासो गरेका छन्...








