कठौना-पातो सडक खण्डमा संचालित टेम्पो मजदुरहरुको भेला सम्पन्न

राजविराज
जिल्लाको शम्भुनाथ र डाक्नेश्वरी नगर पालिकामा पर्ने कठौना-पातो सडक रुटमा संचालित टेम्पो मजदुरहरुको भेला आज सम्पन्न गर्दै ११ सदस्य इकाई कमिटी गठन गरेको छ।

शम्भुनाथ नगरपालिका वडा न.-१२ मा पर्ने अर्नाहा चौक स्थित त्यहीँ रुटमा संचालित टेम्पो मजदुरहरुलाई संगठित गर्न भेलाले ११ सदस्य इकाई कमिटी गठन गरेका हुन।अखिल नेपाल ट्रेड युनियन महासंघको आयोजनामा भेला सम्पन्न भएको महासंघका प्रदेश सचिव केदार देवले बताए ।

इकाई कमिटीमा सर्वसम्मतीबाट अजित कुमार भगतलाई अध्यक्षमा चयन गरिएको छ।त्यसैगरि उपाध्यक्षमा मो. मिस्टर राईन ,सचिवमा सरोज कुमार चौधरी, कोषाध्यक्षमा सन्तोष कुमार साहलाई पदाधिकारीको जिम्मेवारी दिएको छ। इकाई कमिटीका सदस्यहरुमा देबेन्द्र यादव, मुसहरु चौधरी ,बिरवल साह ,दिनेश राय, दिपक कुमार साह, शत्रुघन चौधरी, परमानन्द सदा चयन भएका छ्न।

अजित कुमार भगतको अध्यक्षतामा भएको भेलामा अखिल नेपाल ट्रेड युनियन महासंघ प्रदेश सचिव केदार देव तथा जिल्ला अध्यक्ष रामचन्द्र यादव लगायत ४८ जना टेम्पो मजदुरहरुको उपस्थिति रहेको थियो।