प्रतिबन्धित भारतिय रुपैँया सहित अञ्जली र रञ्जित पक्राउ

नेपालमा प्रतिबन्धित लगाइएको भरतिय रुपैया २००, ५०० र २००० को नोट नेपालमा नचले पनि नियमित रुपमा नेपाल भित्रिने गरेको पाइएको छ । प्रतिबन्धित नोट कतिको मात्रामा भित्रिदैं छ भन्ने कुरा हालसम्म पनि यकिन हुन सकेको छैन ।

नेपालमा धैरे मात्रामा भारतिय प्रतिबन्धित नोट भित्रिने गरिएको प्रमाण नियमित हुने चेकजाँच र त्यसक्रममा भेटिने गरेको मात्राले प्रमाणित गर्दै आएको छ । नेपाल भारत मुख्य सिमा अझै सिल रहेको कारणले खुला सिमावर्ती क्षेत्रहरुबाट जथाभावी मान्छेहरुको आवत जावतले गर्दा दुई नम्बरी तथा तस्करी गर्नेहरुको लागि सुनौलो अवसर भएको देखिन्छ । यता सिमा सुरक्षाको नाममा खटिएको प्रहरीहरुको चेकजाँचले पत्याउनै नसकिने व्यक्तिहरुको साथ बाट पनि प्रतिबन्धित सामग्रीहरु फ़ेला पर्ने गरेको पाइएको छ ।

घटना के हो ? 
सिमा सुरक्षाको नाममा हुने चेकजाँचको क्रममा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोस्ट रानीबाट नियमित खुला सिमामा दरैया पोस्टमा खटेको टोलीले शुक्रवार दिउसो २ः४५ बजेको समयमा भारत बाट आउदै गरेकी सुन्दरहरैचा नगरपालिका बिराटचोक घर भएका २२ वर्ष अन्जली कुमारी झाको साथ बाट नेपालमा प्रतिबन्ध लगाईएको भारतीय रुपैया ५ सय दरको नोट ७ सय थान र रु २ हजार दरको नोट ७४ थान गरी जम्मा रु ४ लाख ९८ हजार भारु रकम फेला परेको छ । प्रहरीले उक्त नोट सहित झालाई नियन्त्रणमा लिएको छ ।  युवति झा संगै साथी आईरहेको बिराटनगर १५ को हुलास मेटल को लाईन क्वाटरमा बस्ने एक युवक वर्ष २६ को रन्जित चौधरीलाई समेत नियन्त्रणमा लीएर अनुसंधान गरी भन्सार दाखिला गर्ने प्रक्रियामा रहेको बिओपि रानी प्रमुख सहायक प्रहरी नीरिक्षक मौसम पोखरेलले बताए । दिउसो २ः४५ मा पक्राउ भएको र शुक्रवार ३ः०० बजे सम्म भन्सार कार्यालय आधा दिन मात्र खुला रहेको हुनाले भन्सार दाखिला नभएको र आज आईतवार भन्सार कार्यालयमा अवश्यक कार्यवाहीको लागी भन्सार दाखिला गरिएको पोखरेलले बताए ।