महिलाकाे कोठामा गएर बलात्कार गर्ने पुरुष पक्राउ

काठमाडौं : एक महिलाको कोठामा गएर बलात्कार गरी फरार भएका पुरुष पक्राउ परेका छन्। पक्राउ पर्नेमा रामेछाप मन्थली नगरपालिका–१० का ५१ वर्षीय भरत बोहोरा रहेका छन्।

भरतले यही माघ २ गते ३३ वर्षीया ती महिलालाई उनकै कोठामा जबर्जस्ती करणी गरेको भन्दै उजुरी परेपछि फरार बोहोराको प्रहरीले खोजी गरेको भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिए।

प्रहरीले आइतबार जिल्ला अदालतमा जबर्जस्ती करणी मुद्दा दर्ता गरी थप अनुसन्धान सुुरु गरेको छ।